कारागार कार्यालय झापामा १० जनामा कोरोना संक्रमण

झापा, ९ असोज । कारागार कार्यालय झापामा १० जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाँईका अनुसार कारागारमा बन्दी जीवन विताइरहेका ८ जना कैदीबन्दी तथा सुरक्षामा खटिएका २ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

केही दिन अगाडि एकजना बन्दीमा कोरोना संक्रमण देखिएपछि गरिएको परिक्षणमा १० जनामा संक्रमण पुष्टि भएको हो ।