झापामा आज ४ जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु
भद्रपुर ८ असोज । झापामा आज कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका १ का ७८ बर्षिय पुरुष रहेकाछन् । स्वास्थ्य कार्यालयले जनाए अनुसार झापामा आज ४ जना स्थानीयमा कोरोना संक्रण पोजेटिभ भएको पुष्टि भएको छ । पोजेटिभ पुष्टि भएकाहरुमा भद्रपुर नगरपालिका ९ का ५० बर्षिय पुरुष एक, बिर्तामोड नगरपालिका ५ का ४० बर्षिय पुरुष एक, कनकाइ नगरपालिका २ का ४८ बर्षिय पुरुष एक र झापा गाउँपालिका ६का ७८ बर्षिय पुरुष एक, जसको आजै मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसंगै झापामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
झापामा कोरोना संक्रमितको संख्या ८२२ पुगेको छ ।