चन्द्रगढीमा पहिलो पटक समुदाय स्तरमा कोरोना

भद्रपुर ८ असोज । झापा सदरमुकाम भद्रपुरको चन्द्रगढीमा एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । पहिलो पटक समुदायस्तरमा देखिएको कोरोना संक्रमति व्यक्ति व्यापारी रहेको जनाइएको छ ।

मेची प्रादेशिक अस्पतालमा रहेको कोरोना परीक्षण प्रयोगशालामा कोरोना पोजेटिभ देखिए पछि दोस्रो परीक्षणका लागि विराटनगर पठाइएको रिपोर्ट पनि पोजेटिभ आएको हो । जनस्वास्थ्य टोलीले उनको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरी परीक्षण गर्ने तयारी गरिरहेको जनाइएको छ ।