भद्रपुरमा साँघुरा नाली र अव्यवस्थित ढलबाट सिर्जित समस्या
भद्रपुर, ७ असोज । व्यवस्थित ढल निकास निर्माण हुन नसक्दा भद्रपुर नगर क्षेत्रका अधिकाम्स सडक वर्षाद हुँदा डुब्ने गरेका छन् । नगर क्षेत्रमा रहेका भित्री सडक हुन् या राजमार्ग जहाँ सुकै नालीबाट बग्नु पर्ने पानी सडकमार्फत बग्ने गर्दा वर्षादमा डुब्ने आएको हो ।
दुई दिनयताको अविरल वर्षाले भद्रपुर नगर भित्रका अधिकाम्स सडकलाई पानी निकासका लागि बहाव क्षेत्र बनाउँदा सर्वसाधारणले आवतजावतमा हण्डर खप्नु परेको छ ।
हुलाकी राजमार्गको लिङ्क रोडदेखि सघन सहरी विकासका सडकसम्म पानी निकास दिने सहज नाली नभएकै कारण खोलाका स्वरूपमा देखिन पुगेका छन् । पानीको चाप अनुसार नालाको नक्साङ्कन नभएको सजाय निर्माण सम्पन्न भइसकेका सडक आसपासका बासिन्दाले समेत भोग्नु परेको छ । साँघुरा नाली र जताभावी घुमाएर निर्माण गरिएका ढल निकासका मार्गहरूले पानीको बहाव थेग्न नसकेपछि सडकमा खोलो बग्ने अवस्था आएको हो । भिडियो मार्फत हेरौं नगर क्षेत्रका उत्तरी सडकहरूको वास्तविकता जस्ताको त्यस्तै…………………….