अबिरल बर्षाले झापामा पुर्‍यायो क्षती

भद्रपुर ७ असोज । अबिरल बर्षाकासाथै आएको हावा—हुरीका कारण झापामा एक चौपायाको मृत्यु भएको, ७ घर परिवार बिस्थापित एवम् कटानका कारण २० परिवार उच्च जोखिममा परेका जिल्ला रेडक्रस सोसाइटी झापाको बिपद ब्यबस्थापन केन्द्रले जनाएको छ ।

सो केन्द्रले दिएको जानकारीअनुसार, अर्जुनधारा नपा वाड नं २ ,गाजाबारी बस्तीमा पानी हावाहुरीको कारण सिमलको रुख ढलेर जितबाहादुर विसंखेको घर पुरै क्षति भएको र १ बाछी लाई किचेर मारेको छ । यसैगरी, कनकाई नपा वडा नं ८ बिरिङ्क नदिले बिरिङ्क पुल उत्तरको बाधँ कटान गरि सुकुम्बसीटोलको २० परिवार उच्च जोखिममा परेकाछन् । बाह्रदशी गापा वाड नं ७ को तुलसीबारी समुदायमा विरिङ्ग नदिले ६ घर विस्थापित भई नजिकैको छिमेकीको घरमा बस्दै आएकाछन् । गौरीगंज गापा वाड नं २ को भाकुरमारीमा समुदाय नजिक को धान खेती कटान भईरहको हुँदा नजिकै बसोबास गर्दै आएका १०० भन्दा बढी परिवारहरु उच्च जोखिममा परेकाछन । भद्रपुर नपा को पाठामारीमा ११२ नं सिमा स्तम्भ नजिक कटान भईरहेको । हल्दिबारी गापा वाड नं ३ देवनिया खोलाले १ घर पुर्ण विस्थापित भएको छ । त्यस परिवारलाइ रेडक्रस झापाले त्रिपाल सहयोग दिएको छ