आइसोलेसनमा उपचाररतहरुलाई फलफूल बितरन

भद्रपुर ६ असोज । गैरसरकारी संस्थामहासंघ झापाशाखाले कोरोना संक्रमण पुष्टि भई मेची अस्पतालको आइसोलेसनमा उपचाररतहरुलाई फलफूल उपलब्ध गराएको छ । ४१ औँं सामाजिक सेवादिवसको अवसर पारेर महासंघका पदाधिकारीहरुको टोलीमंगलबार अस्पताल पुगेर आइसोलेसनमा बसेकाहरुका लागि फलफूल उपलब्ध गराएको हो ।

अस्पतालको प्रशासनिक सभाहलमा एक संक्षिप्त कार्यक्रम आयोजना गरी महासंघको टोलीले भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रमाया श्रेष्ठलाई संयुक्त रुपमा फलफूल एकमुष्ठ हस्तान्तरण गरेको थियो । नगरप्रमुख श्रेष्ठले फलफूलकोभिड १९ को मापदण्ड पालना गरी आइसोलसनमा रहेका बिरामीलाई वितरण गर्न अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुर र आइसोलसनकक्षका संयोजक डा. गोविन्द कँडेललाई उक्त फलफूल प्रदान गरेका थिए ।

फलफूल दिन गैसस महासंघ झापाअध्यक्ष हरि गौतम, केन्द्रीय सदस्य छविलाल खतिवडा, झापाका सचिव सोमराज ढकाललगायत टोली अस्पतालमा पुगेको थियो । मेची अस्पतालको आइसोलेसन वार्डमाहाल २७ जना सक्रिय संक्रमितको उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको डा. कँडेलले जानकारी दिए ।

गैसस महासंघ झापाले यस वर्षको सामाजिक दिवस कोभिड १९ को स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्दै साताव्यापी रुपमा मनाउने निर्णय गरे अनुसार पहिलो दिन फलफूल वितरणको कार्य गरिएको अध्यक्ष गौतमले जानकारी दिए । अब गौरीगञ्ज, गौरादह लगायत जिल्लाका सबै क्वारिन्टनमा सामाजिक परामर्श दिइने सचिव ढकालले बताए ।