एक महिलाले दिइन तीन शिशुलाई जन्म
धुलाबारी, ५ असोज । झापाको धुलाबारी निवासी एक महिलाले तीन शिशुलाई जन्म दिएकी छिन । मेचीनगर–९ कि फारमटोलकी २५ वर्र्षीया निर्मला विष्ट रिजालले दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन् ।
पारिबारिक श्रोतका अनुसार तीनैजना बच्चाको स्वास्थ्य अवस्था राम्रो छ । बिर्तामोडस्थित मनमोहन मेमोरियल अस्पतालमा निर्मलाले शिशुलाई जन्म दिएकी हुन । निर्मलाले ४ गते आइतबार साँझ शल्यक्रियामार्फत तीन शिशुलाई जन्म दिएकी हुन ।