पछिल्लो २४ घण्टामा थप १३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ४ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या ६४ हजार २ सय २२ पुगेको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय ६६ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ४६ हजार २ सय ३३ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

होम आइसोलेसनमा रहनेहरुको संख्या ८ हजार ८८ रहेको छ । यस्तै सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय ७८ जना रहेका छन् । त्यस्तै क्वारेन्टाइनमा रहनेहरुको संख्या सात हजार ४ सय ५१ रहेको छ ।