शैक्षिक वर्ष अन्त्य नभइ नयाँ कक्षा भर्ना सुरू

झापा, ३ असोज । नियमविपरित शैक्षिक वर्षको अन्त्यको टुंगो नलागी झापाका निजी विद्यालयहरूले चालु रहेका कक्षा ११ का विद्यार्थीहरूलाई कक्षा १२ को भर्ना गराएर अध्यापन थालेका छन् ।

नियम मिचेर केही विद्यालय सञ्चालकहरूले कक्षा ११ को परीक्षाको टुंगो नै नलागी कक्षा १२ पठनपाठन गर्ने भन्दै भर्ना अभियान सुरू गरेको पाइएको हो ।

शिक्षा मन्त्रालयले कक्षा ११ सम्मको नयाँ भर्ना तथा अभिलेखीकरण गर्न विद्यालयहरूलाई अनुमती दिएको भए पनि अनुमती नै नदिएको कक्षा १२ भर्ना अभियान समेत सुरू गरेको भए पनि स्थानीय शिक्षा शाखा समेत बेखवर पाइएको छ ।