राप्रपाको कमल गाँउपालिकामा वडा समिति पूर्नगठन

दमक, ३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीले कमल गाँउपालिका वडा नम्बर ३ मा शुक्रवार वडा समिति पूर्नगठन गरेको छ । केर्खामा सम्पन्न वडास्तरीय पार्टी कार्यकर्ताहरुको भेलाले सेलिना राईको अध्यक्षतामा वडा कार्यसमिति गठन गरेको हो । गठित समितिको उपाध्यक्षमा लक्ष्मीदेवी वराइली ,सचिवमा भिमबहादुर पौडेल,सहसचिवमा विश्व सुव्वा र कोषाध्यक्षमा तारा आचार्य चुनिएका छन् । यसैगरि सदस्यहरुमा पुनम राई, बाबुराम बस्नेत,भुवन थेवे,अनिल थेवे,राम कार्की,टैकबहादुर कार्की, सिमा ठटाल र तारा ठटाल चुनिएकी छन् । भेलाले हर्कबहादुर आचार्य,पर्शुराम निरौला रहेको एक सल्लाहकार समितिसहित मिना दर्जीको अध्यक्षतामा २१ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन समेत गठन गरिएको थियो । संगठनकी उपाध्यक्षमा रमा पन्दाक,सचिवमा कमला खनाल,सहसचिवमा तारा आचार्य र कोषाध्यक्षमा बिमला बिक रहेकी छन् । यस्तै सदस्यहरुमा सुनिता आङवो,मिना गुरुङ,प्रेमकुमारी सुब्बा,मन्जु फागो,सानु लिम्बु,संगीता लिम्बु,अस्मिता लिम्बु,संगीता राई,कमला खनाल,गोपीकुमारी खनाल,मेनुका बजगाई,सन्जु शिवा र पुष्पकुमारी विक रहेकी छन् ।

पार्टी परिचालन तथा अनुगमन समिति कमलका संयोजक दिपक खरेलको अध्यक्षतामा सम्पन्न सो भेलामा पार्टीका दमक नगर अध्यक्ष भिम पौडेल, पार्टी कमलका अध्यक्ष विष्णु प्रसाद पौडेल,कमल ५ का पार्टी अध्यक्ष खड्गबहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कमलमा पार्टी संगठन विस्तार अभियान अन्तर्गत कमल ३ मा वडा समिति विस्तार गरिएको पार्टी परिचालन तथा अनुगमन समिति कमलका संयोजक दिपक खरेलले बताए ।