नेपालमा आज एक हजार २ सय ४ जना कोरोना संक्रमित थपिए

काठमाडौँ, ३ असोज । नेपालमा आज एक हजार २०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै उच्च कोरोना संक्रमितको संख्या रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा। डा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा एक हजार २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् यस्तै मन्त्रालयका अनुसार आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १५३ रहेको छ । देशभरका संस्थागत आइसोलेसन ९ हजार २९५ जना र होम आइसोलेसनमा ७ हजार ९४८ जना रहेका छन् । आजसम्म देशभर ७ हजार ७३५ जना क्‍वारेन्टिनमा रहेका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमणाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ ।