झापामा आज थपिए ४ जना संक्रमित
भद्रपुर २ असोज । झापाको शिवसताक्षी नगरपालिकाका १ स्थानीय सहित झापामा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य शाखा झापाले जनाएको छ । स्वास्थ्य शाखाका अनुसार, संक्रमित हुनेमा शिवसताक्षी नगरपालिका वडा न. ५,६ र १ निवासी ३२, ३६ र ३८ बर्षका स्थानीय १ महिला र २ पुरुष रहेकाछन् । उनीहरुमा एक स्थानीय र दुइ जना कुवेत र दुवई बाट आएकाहुन् ।
यसैगरी कनकाइ नगरपालिका वडा नं. १ निवसी ८० बर्षिय १ पुरुष रहेकाछन् । योसंगै झापामा कोरोना संक्रमितको स्ंख्या ७७४ पुगेको छ भने तीन जनाको मृत्यु भएको छ ।