पतन्जली योग समितिद्वारा अनलाइन शिविर सञ्चालन

भद्रपुर, १ असोज । पतन्जली योग समिती प्रदेश नम्वर १ को आयोजनामा आज बाट प्रदेश स्तरीय अनलाईन योग शिविर सुरु भएको छ । कोरोना कहरका कारण सँगै भेला भएर योग गर्ने वातावरण सम्भव नभएकाले जुमको माध्यमबाट प्रदेश स्तरीय योग शिविर सुरु भएको हो ।

असोज १ गते बिश्वकर्मा पुजाको शुभ साइत पारेर सुरु गरिएको योग शिविरमा पतन्जली योग समिति नेपाल प्रदेश न १ का १४ जिल्लाका जिल्ला समिति, महिला समिति, सोसल मिडिया प्रभारी, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका समिति लगायतको उपस्थिती रहेको आयोजकले जनाएको छ । कोरोना कहरका कारण नियमित कक्षा सन्चाल नभएका बेला प्रदेश नम्वर १ ले जुमको माध्यमबाट शिविर सन्चालन गर्नाले प्रदेश नम्वर १ मा रहेका १४ जिल्लालाई जोडने छ भने एक अर्कामा परिचय हुने पतन्जली योग समिति नेपालका अध्यक्ष तथा कार्यक्रममा प्रमुख अतिथी लवदेव मिश्रले बताए ।

अनलाईन शिविरमा उपस्थित सम्पूर्ण सहभागीहरुलाई प्रदेश नम्वर १ का सहप्रभारी शान्ता गौतम र संगठन मन्त्री विष्णु आचार्यले धन्यवाद धन्यवाद दिएका थिए । पतन्जली योग समिति प्रदेश नम्वर १ मा प्रभारी मिस्टर प्रसाद चौधरीले कार्यक्रमको अध्यक्षता आज पहिलो दिनको कक्षा सञ्चालन भएको हो । औपचारीक कार्यक्रमको सन्चालन पतन्जली योग समिति प्रदेश नम्वर १ का महामन्त्री लक्ष्मि प्रसाद काफ्लेले गरेका थिए भने प्राबिधिक ब्याबस्थापन मिडिया प्रभारी तारा प्रसाद चौधरीले गरेका थिए ।