पितृको स्मृतिमा बिश्रामस्थलको निर्माण

गौरादह, १ असोज । पितृको स्मृतिमा झापाको गौरादह बजारमा सिटौला परिवारले ६ वटा बेन्च निर्माण गरिदिएका छन । गौरादह १ का बिपुल सिटौलाले आमा ईन्दिरा सिटौलाको स्मृतिमा करिव रु १ लाख ११हजार २ सय १५ रुपैयाको लागतमा ६ वटा बेन्च निर्माण गरिदिएका हुन् ।

नवनिर्र्मीत वेन्चको आज एक कार्यक्रमका बीच गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार शाह र वार्ड अध्यक्ष नगेन्द्र भण्डारीले संयुक्त रुपमा उद्घाटन गरे । बजारको थप सौन्दर्य बढाउन र विसौनीका रुपमा पनि यसले सहयोग पुर्याउने वार्ड अध्यक्ष भण्डारीले बताए । वार्डले तोकेको स्थानमा परिवारजनले वेन्च निर्माण गरिएको वार्ड सदस्य कोमल ढुंगानाले जानकारी दिए । उनका अनुसार तीन थान स्टिलको बेन्च र ३ थान पक्का बेन्च निर्माण गरिएको छ ।