झापामा आज थपिए १० जना संक्रमित
भद्रपुर, १ असोज । झापाको दमक नगरपालिकाका ६ स्थानीय सहित झापामा १० जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य शाखा झापाले जनाएको छ । स्वास्थ्य शाखाका अनुसार, संक्रमित हुनेमा दमक नगरपालिका वडा न. ५,८ र ९ निवासी २० देखि ८४ बर्षसम्मका स्थानीय ५ महिला र एक पुरुष रहेकाछन् भने मेची नगरपालिका वडा ६ र ७ निवासी ४३ देखि ५६ बर्षका भारत बाट आएका ४ पुरुष रहेकाछन्र । योसंगै झापामा कोरोना संक्रमितको स्ंख्या ७७० पुगेको छ भने तीन जनाको मृत्यु भएको छ ।
यता शिवसताक्षी नगरपालिकामा समुदायमा कोरोना संक्रमण फैलिएपछि सिल गरिएको झापाको शिवगञ्ज बजारका घरहरुमा ‘सेनिटाइज’ गरिएको छ । होम आइसोलेसनमा रहेका संक्रमितको घर सेनिटाइज गरिएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
संक्रमितको घर र उनीहरुका छिमेकीको घर पनि सेनिटाइज गरिएको हो । वडा नम्बर ६ का ४ घरका ११ जना कोरोना संक्रमण भएपछि भदौ १७ गते देखि बजार क्षेत्र सिल गरेको थियो । बुधबार संक्रमितको कन्ट्याक ट्रेसिङमा रहेकाको रिपोर्ट नेगेटिभ आएपछि शिवगञ्ज बजारको जनजीवन सामान्य बनेको छ ।
शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले कोरोना संक्रमित क्षेत्रका स्थानीयसँग भेट गरेर वस्तुस्थिति बुझेका थिए । नगरप्रमुख शेर्माले उनीहरुलाई नआत्तिन सल्लाह दिएका थिए ।