गौरादहको हात्ती डुब्बा सिमसार क्षेत्र पर्यटकिय गन्तव्य स्थल

गौरादह, २९ भदौ । गौरादह नगरपालिका वार्ड नं। ९ बैगुनधुरामा दहगाउँ भन्ने वस्ती छ । जहाँ छिटपुट अन्य जातजातिको बसोवास रहेपनि नेपालकै भुमिपुत्र भनेर चिनिने सन्थाल जातिको बाहुल्यता छ । करिब ४० र ५० घर सन्थाल जातिको बसोवास रहेको उत्त बस्ती नजिकै प्राकृतिक जलाशय छ जुन ७० वर्ष अघिदेखि एउटा खाडीको रूपमा हात्तीडुब्बा नामले प्रचलित छ । तीन विघा क्षेत्रफलमा फैलिएको उत्त जलाशयमा अथाह पानीका कारण धेरै वर्ष पहिले पानी पिउने क्रममा थुप्रै हात्तीहरू डुबेर मरेको बुढापाकाहरू बताउँछन् । हात्तीहरू डुबेर मरेका कारण उत्त खाडी –जलाशय) को नाम हात्तीडुब्बा रहेको उनीहरू बताउँछन् । तीन विघा क्षेत्रफलमा फैलिएको उत्त हात्तीडुब्बा प्राकृतिक जलाशय र त्यसको नजिकै रहेको सन्थाल वस्तीलाई समेटेर पर्यटकिय गन्तव्यको रूपमा विकास गरि नगरपालिकाको पहिचानको रूपमा रमणिय स्थान स्थापित गर्न पछिल्लो समयमा त्यहाँका स्थानियहरू लागिपरेका छन् ।

हाती डुब्बा सिमसार नजिक दक्षिणतर्फ रहेको सन्थाल जातिको भाषा, संस्कृति, रहनसहन, खानपान, नाचगानलाई सांस्कृतिक पहिचानको रूपमा संग्रहित गरि संथाल जातिको अध्ययन केन्द्रको रूपमा विकास गर्ने प्रवल सम्भावना छ । त्यसैगरी सिमसार क्षेत्रको पुर्वपट्टी १० विघा क्षेत्रमा केरा खेती छ । सरकारी अनुदान विना मोरङ्ग सुन्दरहरैचाका ३ जना कृषकले ५ वर्षका लागि लिजमा जग्गा लिएर १० विघा खेतमा केरा खेती लगाएका छन् । पर्यटकलाई थप आकर्षित गर्न केरा बारीले पनि सहयोग गर्ने छ ।

स्थानीय समाजसेवी तथा धार्मिक व्यक्तित्व चन्द्रबहादुर खड्काको अध्यक्षतामा हात्ती डुब्बा सिमसार तथा पर्यटकिय क्षेत्र विकास केन्द्र नामक संस्था गत वर्ष दर्ता गर्यो । पहिलो पटक गौरादह नगरपालिकाबाट निरीक्षण तथा अवलोकन गरि तयार गरेको डीपीआर बाट प्रदेश नं। १ बाट आर्थिक वर्ष २०७६।७७ को बजेटमा २० लाख रूपैयाँ छुट्याएको थियो । सो रकमबाट संस्थाले ३५र३५ मिटरको दुईवटा ड्याम निर्माण गर्ने, माटो सम्याएर खाडीको आकार कायम गराउने र होली वा खाडी भित्रको फोहोर , घाँस जङ्गल फाल्ने सबै कार्य गर्ने योजना भए पनि कोरोना महामारीका कारण ईस्टमेट अनुसार कार्य गर्न सकेन । उत्त जलाशयका लागि २० लाख रूपैयाँ बजेट छुट्याए पनि ८ लाख १९ हजार ५ सय १५ रूपैयाँ बराबरको कार्य गर्न सकेको संस्थाका अध्यक्ष चन्द्र बहादुर खड्काले जानकारी गराएका छन् । हाल उत्त जलाशयमा एउटा ड्याम निर्माण, माटो सम्याई खाडीको आकार कायम र खाडीको भाग एकिन गरी उत्तर तर्फको ड्यामको कार्य गर्न जग खनी सकिएको ढुङ्गा सोलिङ भईसकिएको अध्यक्ष खड्काले बताएका छन् ।

चालू आर्थिक वर्ष २०७७।७८ मा पनि उत्त हात्तीडुब्बा जलाशयलाई विकास गर्न प्रदेश नं। १ सरकारले २० लाख रूपैयाँ वजेट छुट्याएको छ ।

उत्त बजेटबाट संस्थाको दीर्घकालिन विभिन्न योजनाहरू अघि सारेको छ । हिजो संस्था पहिलो साधारणसभामा अध्यक्ष खड्काले उत्त योजनाहरूको फेहरिस्त सुनाए । सिमसार क्षेत्रलाई थप आकर्षित बनाई आन्तरिक तथा वाह्य पर्यटकहरूको गन्तव्य स्थल बनाउन संस्थाको दीघर्कालिन योजना अन्तर्गत स्थायी सम्पति व्यवस्थापन गरि होली भित्र पर्ने गिरीबन्धुहरूको जग्गा खरिद गर्ने, वनभोज केन्द्र ९पिकनिक स्पोर्ट ० निर्माण गर्ने, उत्तर तर्फ एउटा प्रवेस द्वार दक्षिण तर्फ एउटा प्रवेश द्वार निर्माण गर्ने, उत्तर र दक्षिण दुवै तर्फ झोलुङ्गे पुल निर्माण गर्ने, धार्मिक पहिचान कायम राख्न पानीको मध्य भागमा पञ्तकन्या मन्दिर निर्माण गरि हात्तिडुब्बाको वास्तविक पहिचान दिलाउने, उत्तर तर्फको सुरूवात गरिएको बाँध वा ड्यामबो कार्यलाई पूरा गर्ने, खाडी भित्र रहेबा सम्पुर्ण जफडा वा मेटेका पुर्ण रूपमा फालेर सिमसारको वास्तविक आकार कायम गराउने, खाडीको वाहिरी भागतर्फ घेरावाराको कार्य गर्ने, सिमसारको पहिलो पहिचान दिन ३ वटासम्म वोटिङ गर्ने डुङ्गा खरिद गर्नेलगायतका रहेका छन् ।

भदौ २८ गते गौरादह नगरपालिका वार्ड नं। ९ का वडा अध्यक्ष सिताराम भट्टाराईको प्रमुख आतिथ्यतामा संस्थाको पहिलो साधारण सभा सम्पन्न भएको थियो । संस्थाको पहिलो साधारण सभामा संस्थाका अध्यक्ष चन्द्र बहादुर खड्काले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका सचिव नगेन्द्र बहादुर वस्नेतले आयव्यय प्रस्तुत गरेका थिए । प्राचीन पानीको दह ‘होली’ रहेको स्थानलाई सिमसारको रुपमा बिकास गर्दै पर्यटकीय केन्द्र बनाउने उदेश्यले केन्द्रको गठन गरिएको हो । सिमसार परिसरमा आइतवार आयोजित उपभोक्ता भेलाले यसअघिको तदर्थ समिति बिघटन गरी १५ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

३ बर्ष कार्यकाल रहने समितिको उपाध्यक्षमा दिवसपती पोख्रेल, सचिवमा नगेन्द्र बस्नेत, कोषध्यक्षमा राधा दाहाल चयन भएका छन् । भेलाले सदस्यहरुमा हरि प्रसाद बराल, चन्द्रबहादुर बिष्ट, मेघराज थापा, गुरु मुर्मू, सुमित्रा सोरेन, रिता निरौला, किशोर परियार, रुद्र सिग्देल, चित्र बहादुर पौडेल, ख्याम प्रसाद गौतम र सृजन घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ । साधारणसभामा वार्ड सदस्यहरू यम कुमारी प्रधान, सीता परियारलगायतको उपस्थिति थियो ।