विपन्न घर परिवारलाई नि:शुल्क खानेपानी
सन्दर्भ समाचारदाता
दमक, २९ भदौ । झापाको गौरादह नगरपालिका क्षेत्रका विपन्न घर परिवारलाई निशुल्क खानेपानी जडान गरिएको छ । गौरादह खानेपानी तथा वडा कार्यालयले एक घर बराबर धारा जडानमा लाग्ने ८ हजार रुपयाँ रकम साझेदारी गरी ५ सय घर परिवारमा निशुल्क धारा जडान गरेको छ । बर्र्षौं देखि आर्सानिक युक्त पानी पिउँदै आएका ग्रामिण क्षेत्रका विपन्न परिवारले निशुल्क धारा जडान पछि शुद्ध खानेपानी पिउन पाएपछि खुशी बनेका छन्
झापाको गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानी जडानका लागि ८ हजार शुल्क लिने गरेको छ । तर आर्थिक अभाव हुने परिवारका लागि खानेपानीसँगको साझेदारीमा ५ लाख बजेट विनियोजन गरी खानेपानी वितरण गरेको गौरादह नगरपालिका वडा नं। ३ का अध्यक्ष गजेन्द्र घिमिरेले बताउनु भयो ।
प्रदेश सरकारको झण्डै ८९ लाख बजेटमा पछिल्लो समय सौर्य उर्जाबाट पानी तान्ने प्रविधि जडान गरेसँगै गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिले पानीको महशुल समेत घटाएको छ । ३ हजार घरधुरीमा पानी पुर्याईरहेको समितिले स्थानीय तहको साझेदारीमा ३ वटा वडामा ५ सय विपन्न घरपरिवारलाई निशुल्क धारा जडान गरेको र यो कार्य जारी राखिएको समितिका सचीव डण्डिराज घिमिरेले बताउनु भयो ।
बर्तमान संविधानको धारा ३५ को दफा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भनी उल्लेख गरिएको छ । तर अझै पनि झापाका ग्रामिण क्षेत्रमा १७ प्रतिशत भन्दा धेरै मानिसमा खानेपानीेको पहँुच पुग्न नसकेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नम्बर ४ झापाको तथ्याङ्क छ ।