बाल दिवसको अवसरमा पुस्तक विमोचन तथा पुरस्कार वितरण कर्याक्रम

सन्दर्भ समाचारदाता

कचनकवल, २९ भदौ । राष्ट्रिय वाल दिवस २०७७ को अवसरमा आज झापाको कचनकवल गाउँपालीकामा पुस्तक विमोचन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको छ । आज आयोजित संक्षिप्त कार्यक्रमका विच गाउँपालीकाको शिक्षा शाखाले तयार गरेको कचनकवल वाल मञ्जरी पुस्तक गाउँपालीका अध्यक्ष अन्जार आलम र उपाध्यक्ष निमसरी राजबंशीले संयुक्त रुपमा विमोचन गर्नु भयो । पुस्तकमा गाउँपालीकाका वालवालिकाको लेख रचना संकलन गरिएको छ ।

त्यसैगरी कार्यक्रममा गत २६ गते भर्चुअल रुपमा सम्पन्न भएको अन्तर मावि स्तरिय वक्तृत्वकला प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । गाउँपालीका उपाध्यक्ष निमसरी राजबंशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगितामा प्रथम लक्ष्मिप्रसाद देवकोटा माविकी प्रतिक्षा कार्की, द्वितिय लक्ष्मि माविकी आरती अधिकारी, त्रितिय विद्या निकेतन माविकी रेसीका अधिकारी र सान्त्वना पुरस्कार पाउने महेन्द्ररत्न माविकी हिना फिर्दोशीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको गाउँपालीका शिक्षा शाखाका छविलाल बस्नेतले जानकारी दिनु भयो ।