गौरादहमा गुपचुपमा समिति गठन, वडावासीद्वारा बिरोध

गौरादह, २९ भदौ । गौरादह नगरपालिका वडा नं .२ मा बधशाला भवन निर्माणका लागि प्रक्रिया पूरा नगरी उपभोक्ता समिति गठन गरिएकोमा वडाबासीहरुले आपत्ति प्रकट गरेका छन् । नगरपालिका भित्रका विकाश निर्माणका काम गर्न आम उपभोक्ताहरुलाई भेला गरि उपभोक्ता समिति गठन गर्नु पर्नेमा वडाबासीहरुलाई थाहानदिई आफुखुसी र मनोमानी ढङ्गले समिति गठन गरिएकोमा वडाबासीहरुले आपत्ति प्रकट गर्दै नगरपालिकामा लिखित निबेदन पेश गरेका छन्। । वडाबासीहरुले नगरकार्यपालिकाको निबेदन मार्फत ध्यानाकर्षण गराउदै मनोमानी ढंगले गठन गरिएको उपभोक्ता समिति खारेज गरी आम उपभोक्ताहरुको सहभागीतामा समिति गठन गरिनु पर्ने माग गरेका छन । गौरादह नगरपालिकाको छैठौ नगरसभाले नगरस्तीय योजना अन्तर्गत वडा नं २ मा कृषि थोक बजार व्यवस्थापन तथा बधशाला भवन निर्माण गर्न २५ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

गौरादह नगरपालिकाको आर्थिक बर्ष २०७७।०७८ नगरस्तरीय योजना अन्तर्गतको बजेटबाट निर्माण गरिने बधशाला भवनका लागि सट्यकसुटुक समिति गठन गरि भवन निर्माण गर्दा अनियमितता हुनसक्ने र गुणस्तरीय बन्नेमा वडाबासीहरुले आशंका ब्यक्त गरेका छन। वडा नं २ को वडा कार्यालयले उपभोक्ता समिति गठन गर्न वडा कार्यसमितिलाई समेत जानकारी नगराई आफू निकटका ब्याक्तिहरुलाई टीका लगाएर पद बाँडफाँड गर्नु वडाबासीहरुलाई अवहेलना गरेको उनीहरुले गुनासो गरेका छन् ।

`