मन्दिरको सभामा दुई सम्मानित

भद्रपुर, २७ भदौ । मन्दिरको वार्षिक साधारण सभाको अवसर पारेर समाजका दुईजना जेष्ठ नागरिकलाई सम्मान तथा नयाँ कार्यसमिति चयन गरिएको छ । भद्रपुर ७ स्थित पाताल काली मन्दिरको शनिबार सम्पन्न आठौँ वार्षिक साधारण सभाको अवसरमा जेष्ठ नागरिक दानबहादुर घिमिरे र अन्नपूर्णा खनाललाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । संस्थाले प्रत्येक वर्ष दुइजना जेष्ठ नागरिकलाई सम्मान गर्दै आइरहेको छ ।

सभाले आगामी तीन वर्षे कार्यकालका लागि जीवनमणि लम्सालको अध्यक्ष रहनेगरी तेह्र जना कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा लिलादेवी पोखरेल, सचिव मातृका तिम्सिना, सह–सचिव डम्बरी बस्नेत र कोषाध्यक्षमा वासुदेव नेपाल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा जगननाथ खतिवडा, विवेक लम्साल, पर्शुराम नेपाल, दिवस घिमिरे, मुना धमला, मदन धमला, दानबहादुर घिमिरे र फुलमाया तामाङ रहेका छन् ।

त्यस्तै हरिश्चन्द्र नेपालको संयोजकमा चन्द्रकान्त घिमिरे,उत्तम नेपाल,घनश्याम प्याकुरेल र तुलसी लम्साल सदस्य रहने गरी सल्लहाकार सिमिति छनौट भएका छन् । त्यसैगरी सभाले हरि कोइराला संयोजक रहने गरी नारायण खनाल लगायतको सदस्य रहने लेखा समिति चयन गरेको छ ।

समितिका अध्यक्ष हरिश्चन्द्र नेपालको सभापतित्व तथा वडा नम्बर ७ का अध्यक्ष विनोद कुमार पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न सभामा साङ्गठानिक प्रतिवेद अध्यक्षले र कोषाध्यक्ष वासुदेव नेपालले आर्थिक वर्ष ०७६/७७ को आय–व्यय र आगामी आर्थिक वर्ष ०७७/७८ को अनुमानित खर्च विवरण सार्वजनिक गरेका थिए । जीवनमणि लम्सालले स्वागत गरेको कार्यक्रममा चन्द्रगढी कालीमन्दिरका सह–सचिव घनश्याम प्याकुरेल, पत्रकार उत्तम नेपाल लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव मातृका तिम्सिनाले गरेका थिए ।