नेपालमा आज थपिए १ हजार २ सय १ जना संक्रमित
काठमाडौँ, २७ भदौ । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५३ हजार १ सय २० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार ८५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३७ हजार ५ सय २४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १० हजार १ सय ७६ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर संक्रिय संक्रमितको संख्या १५ हजार २ सय ६० रहेको छ । ६ हजार ३ सय ५४ जना क्वारेन्टिनमा रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाले मृत्यु भएको छ । यो सँगै ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ ।