अर्जुनधारा नगरपालिकाले बनाएको क्वारेन्टाईन झापाकै ब्यबस्थित
भद्रपुर । झापाको अर्जुनधारा नगरपालिकाले बनाएको क्वारेन्टाईन झापाकै ब्यबस्थित र उत्तम भएको त्यहाँ बस्नेहरुले बताएकाछन् । “राम्रो खानेकुरा टन्न खान दिएको छ, विहान खाजा, अनि भात दिउँसो फेरि खाजा अनि बेलुका खाना । खानेकुरा पनि राम्रो छ, खान सकेजति दिएको छ, सुत्ने ठाउँ पनि राम्रो, वाइफाइको सुविधा छ, अनि के खोज्नु ?”–यो भनाई, अर्जुनधाराको क्वारेन्टिनमा बसेका भारतीय सुरक्षाकर्र्मी गोर्खा रेजिमेन्टका एक नेपाली हो । भारतीय नेपाली सुरक्षाकर्मीका रुपमा राजस्थानमा कार्यरत उनी १३ दिन अघि नेपाल आइपुगेका हुन् । क्वारेन्टिनमा खान र बस्न राम्रो छैन भन्ने सुनेका उनले होम क्वारेन्टिनमा बस्न निकै जिद्दी गरेका थिए । तर, कतैबाट पनि सुनुवाई नभएपछि बाध्य भएर अर्जुनधारा नगरपालिकाले शनिश्चरे मा.वि.मा स्थापना गरेको क्वारेन्टिनमा बस्न पुगेका उनीले निस्कँदा, आफूले सोचे भन्दा फरक पाएको बताए । क्वारेन्टिन राम्रो छैन भन्ने हल्ला पल्टनमै सुनेकाहुँदा, उनले होम क्वारेन्टिनमा बस्न आग्रह गर्दा नपाएको बताउँदै भने,–‘केही गर्दा छोड्दो रै’नछ त, पिसिआर रिपोर्ट नआउञ्जेल कसरी काट्नु जस्तो लागेको थियो’ उनले थपे– ‘तर भित्र पसेपछि त्यस्तो रहेनछ । क्वारेन्टिनमा बस्नेलाई सुत्ने, खाने, सामाजिकदूरी, सरसफाइ सवै चित्तबुझ्दोे व्यवस्था रहेछ ।’ एकमहिनाको छुट्टी लिएर परिवार भेट्न आएका उनले भने ।
ओमानबाट आएर क्वारेन्टिनमा बसेका अर्का एकजना पनि क्वारैन्टाइनको ब्यवस्था प्रति सन्तुष्टि जनाउँदै कम्पाउण्ड सबै सफा गरेको उनले बताए । उनले भने, “कोही निहुरिएका थिएनन् –हामी दुई भाईले कागज टिप्न थालेपछि सबै हुरुरु आए । एकैछिनमा कति सफा भयो । रिपोर्ट नेगेटिभ आएपछि छुट्टिपनि पाइयो । ”
गत चैत्र ११ गतेदेखि कोरोना संत्रमण जोखिम न्यूनिकरणका लागि देशरभर लकडाउन शुरु भएसगै स्थानीय तहले कोरोनाको लक्षण देखिएका तथा बाहिर (अन्यमुलुक) बाट आएका नेपालीहरुलाई राख्नका लागि छुट्टै क्वारेन्टिन बनाएका हुन् । सोही अन्तरगत अर्जुनधारा नगरपालिकाले शनिश्चरे माविमा १०० वेडको क्वारेन्टिन बनाएको नगरपालिकाका स्वास्थ्य इन्चार्ज मुकुन्द बस्नेतले जानकारी दिए । उनका अनुसार अहिलेसम्ममा ७०० जनाले क्वारेन्टिन अवधी पार गरेर गइसकेका छन् । ती मध्ये नगरभित्रका २२ र अर्जुनधारामा स्वाब संकलन गरिएका र अन्य स्थानीय तहका तीनसहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको बस्नेतले बताए । हाल ३५ जना क्वारेन्टिनमै रहेका छ्न् । क्वारेन्टिनमा बस्नेलाई खाजा र खाना गरी चारपटक दिने व्यवस्था गरिएको बताउँदै भने–‘अहिलेसम्म मिनिरल वाटर नै खुवाएका छौं, कसैको बर्थडे परेको भए जन्मदिन त्यहँी मनाउँछन्, साबुन, टुथपेष्टदेखि ओड्ने–ओछ्याउने एकसेट कपडा दिन्छौं ।’
क्वारेन्टिनमा बस्नेलाई घरैमा बसकेको जस्तो अनुभव गराउन नगरपालिकाले विभिन्न प्रयास गरेको प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले बताए । नगरमा साहित्य, कला, तथा योगाभ्यास र मेडिटेसन सम्बन्धी नगरमै भएका विज्ञले भोलेन्टियर्स सर्भिस रहेको भुर्तेलले जानकारी दिए । नगरपालिकाले स्थापना गरेको क्वारेन्टिन संभवतः झापाको सबै भन्दा राम्रो हुनसक्ने उनको भनाई छ । चैतयता क्वारेन्टिनमा मात्र लगभग १ करोड खर्च भएको उनको भनाई छ । नगरपालिकाले क्वारेन्टिन ब्यवस्थानका लागि भएको खर्च प्रत्येक १५।१५ दिनमा सार्वजनिक गर्ने गरेको उनले बताए ।