आज नेपालमा थपिए ९०२ जना कोरोना संक्रमित

काठमाडौं । मंगलबार थप ९०२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यो सँगै कुल डिस्चार्ज हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ । यो संख्या कुल संक्रमितको ६८ प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए । देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ छ । हाल क्वारेन्टाइनमा ५ हजार ३१० जना छन् ।