झापामा आज थपिए १५ जना स्थानीय कोरोना संक्रमित
भद्रपुर । झापामा आज १५ जना स्थानीयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य शाखाका फोकल पर्सन जीवन चौलागाईंले जनाएकाछन् । जसमध्ये कनकाई नगरपालिकामा १३ जनामा कोरोना संक्रमण देखिएको हो ।
कनकाइ नगरपालिकाका संक्रमित हुने सबै स्थानीय समुदायकै रहेको कनकाई नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । गत भदौ १६ गते लिइएको ९८ जनाको स्वांवबाट १३ जनामा कोरोना फेला परेको हो । जसमा कनकाई ३ मा ९ जना र ७ मा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कनकाई ३ मा केहिदिन अघि कनकाई नगरपालिकाको डाटा इन्ट्रीमा काम गर्ने एक महिला कर्मचारीमा कोरोना पुष्टि भएपछि गरिएको उनको घर तथा गाउँमा थप चेक गर्दा ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य साखाले जनाएको छ । जसमा महिला ५ जना र पुरुष ४ जना रहेका छन । यसैगरी कनकाई ७ मा नगरपालिकाका एक जना सवारी चालक र वाकी उनकै छिमेकीहरुमा कोरोना पुष्टि भएको हो । कनकाई नगरपालिकामा यो सगै कोरोना संक्रमितको सङ्ख्या ५० नजिक पुगिसकेको छ , भने एक जना संक्रमितको मृत्यु समेत भइसकेको छ । योसंगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
आज संक्रण पुष्टि भएका अन्य दुइ जनामा बिर्तामोड नगरपालिका ६ का स्थानीय ३६ बषीैय एक पुरुष र बाह्रदशी गाउँपालिका ५का ३० बर्षीय एक पुरुष रहेका छन् । आज संक्रमित पुष्टि भएकाहरु १६ बर्ष देखि ८४ बर्ष उमेर रहेका स्वास्थ्य कार्यलय झापाले जनाएको छ ।