गोमनसिंह मगरको हत्यारा सार्वजनिक

भद्रपुर । झापाको शिवसताक्षी नगरपालिका ११ निवासी २९ वर्षीय गोमनसिंह मगरको हत्या उनकै साथी मनकुमार लिम्बुले गरेको प्रहरीले आज सार्वजनिक गरेको छ । शिवसताक्षीको झिलझिले उत्तर सताक्षीधाम जाने बाटोमा शिवसताक्षी ८ निवासी ३२ वर्षीय मनकुमार लिम्बुले हत्या गरेको जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक गरको हो । गएको भाद्र १८ गते लिम्बुलाई प्रहरीले पक्राउ गरेको थियो ।

भाद्र १६ गते बेलुका ६:३० बजे लिम्बुले फोन गरी मगरलाई भेट्न बोलाएको थिए । गोमनसिंह सोही समयमा प्रदेश १–०१०१२ प ५२२५ नं. मोटरसाइकल लिएर घरबाट निस्किएका थिए । बेलुकाको हावा खाई फ्रेस हुन सताक्षीधाम मन्दिरतर्फ जाऔ भन्दै लिम्बु सोही मोटरसाइकलको पछडी सिटमा बसी मोटरसाईकल बिस्तारै चलाउन लगाई झिलझिलेबाट १ कि.मी. उत्तर पुगेपछि मोटरसाइकल चलाएकै अवस्थामा पछाडीबाट धारिलो हतियारले हानेर लडाएको प्रहरीले जनाएको छ । मगर मोटरसाइल सहित सडकमा लडेपछि गर्धन काटी हत्या गरेको लिम्बुले प्रहरी समक्ष बयान दिएका हुन् । मगरले चलाएको मोटरसाईकललाई कोही कसैले नदेखोस भनी सडक देखि पुर्वपट्टी जंगलमा लगेर लडाई दिई मगरको गर्धनमा हतियार प्रहार गरी नालीमा फालेको अनुसन्धानबाट पुष्टि भएको हो ।

मगरको रतुवामाई बन क्षेत्र भित्र सताक्षीधाम जाने बाटोमा घाँटी रेटी हत्या गरिएको अवस्थामा १७ गते विहान सव फेला परेको थियो । प्रहरी बयानमा मगर र लिम्बूले प्रयोग गरेको १९ गते शुक्रबार दुईवटा मोबाइल र हत्यामा प्रयोग भएको छुरा पानीमा फ्यालेको अवस्थामा भेटिएको थियो प्रहरीकोे प्रारम्भिक अनुसन्धानबाट निजहरु विच भएको आर्थिक लेनदेन कारोबारमा असमझदारी भई बढेको मनमुटाबका कारण घटना घटेको जनाएको छ । लिम्बु र मगर बराइन बस्दा मिल्ने साथी हुन् । उनीहरु केही समय अघि नेपाल फर्किएका थिए ।

थप अनुसन्धान गर्न पक्राउ परेका अभियुक्त मन कुमार लिम्बुलाई आइतबार सम्मानित झापा जिल्ला अदालत झापाबाट म्याद थप अनुमती लिने तयारी भईरहेको प्रहरीले जनाएको छ ।