झापामा आज पाँच जना स्थानीय कोरोना संक्रमित थपिए
भद्रपुर । झापामा आज पाँच जना स्थानीय कोरोना संक्रमित पुष्टि भएको छ । जसमा एक जना महिला र चार जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज संक्रमित हुनेहरुमा दमक नगरपालिका वडा नंं २ र ८ का एक महिला र दुई पुरुष, बिर्तामोड नगरपालिका वडा नं। २ का एक पुरुष, शिवसताक्षी नगरपालिका वडा नं. २ का एक पुरुष रहेका छन् । आज थपिएका संक्रमितहरु ३३ देखी ६२ वर्ष सम्मका छन् ।
आजसम्म झापामा कुल संक्रमितको संख्या ६४६ पुगेको छ । जसमा भद्रपुरमा ३५, मेचीनगर ११४, बिर्तामोड २७, कनकाई ३२, अर्जुनधारा २३, दमक ११२, गौरादह १९, शिवसताक्षी १३, बुद्धशान्ति १७, हल्दिवारी १३, कचनकवल १४०, कमल ३४, बाह्रर्दशि २१, गौरीगञ्ज ३१ र झापाका १५ जना रहेको चौलागाईले बताए ।
हालसम्म झापामा आइसोलेसनमा उपचाररत रहेका सक्रिय संक्रमितको संख्या १६५ रहेको छ भने कोरोना संक्रमित मध्ये ४८१ जना डिस्चार्ज भएर घर फर्की सकेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चम्लागाईले जानकारी दिए । हाल सम्म झापामा २१ हजार ९ सय ५५ पिसिआर परिक्षण भएको स्वास्थ्य कार्यालय झापाले जाएको छ ।