आज झापामा थपिए १२ जना संक्रमित

भद्रपुर । झापामा समुदायमा कोरोना संक्रमण फैलिने क्रम बड्दो छ । आज झापामा कोरोना संकमित १२ जना मध्ये ११ जना स्थानीय रहेका स्वस्थ्यकार्यालय झापाले जनाएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार, आज बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका र कमल गाउँपालिकामा कोरोना संक्रमित पुष्टि भएकोे हो ।

बिर्तामोड–५ मा चार महिलासहित पाँच जना, अर्जुनधारा–८ मा एक जना पुरुष र कमल–३ मा दुई महिला र चार जना पुरुष रहेका छन् । उनीहरुमध्ये अर्जुनधारामा भेटिएका एक संक्रमित भारतीय हुन् भने बिर्तामोड र कमलका स्थानीय हुन् । आज १२ जनासँगै झापामा कोरोना संक्रमितको संख्या ६१५ पुगेको छ र दुई जनाको मृत्यु भइसकेको छ ।