पाँच सय भन्दा बढी संक्रमित भेटिएका जिल्लामा निषेधाज्ञा
काठमाण्डौ । सरकारले ५ सय भन्दाबढी कोरोनाभाइरसको सक्रिय संक्रमित भेटिएका जिल्लामा निषेधाज्ञा गर्ने भएको छ । ५ सय भन्दा बढी संक्रमित रहेका जिल्लामा निषेधाज्ञा र २ सय भन्दा बढी संक्रमित रहेका जिल्लामा बन्दाबन्दी गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म ५०० भन्दा बढि सक्रिय संक्रमित भएका जिल्ला १२ वटा छन् । यस्तै दुई सयदेखि पाँच सय सक्रिय संक्रमित भएका जिल्ला १९ वटा छन् ।
यस्तै भौतिक रुपमा सहभागी भएर सोह्र श्राद्ध गर्दा संक्रमण हुन सक्ने भएकाले प्रविधिको प्रयोग गरेर श्राद्ध गर्न गौतमले आग्रह गरे । भौतिक रुपमा सहभागी भएर श्राद्ध गर्नुपर्ने अवस्थामा भने २ मिटरको दुरी भौतिक कायम गर्न तथा मास्क अनिवार्य लगाउन उनले सुझाव दिए । यसैबीच काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि भदौ २४ गतेसम्म बढाइएको छ ।