कमल गापा बाट अशक्त महिलाको उद्दार

कमल । झापाको कमल गाउँपालिका वडा नम्बर ५ स्थित मंगलबारे बजारमा केहि समयदेखि बेवारिसे अवस्थामा बस्दै आएकी एक अशक्त महिलालाई उद्दार गरि आश्रममा लगिएको छ । आफ्नो नाम ठेगाना बताउन नस्कने महिलालाइ सुरक्षित ठाउँमा ब्यवस्थापन गर्नका लागि सहयोगी हात नेपालको समन्वयमा मानवसेवा आश्रम बिराटनगरमा पूर्नास्थापनाका लागि लगिएको हो ।

हिजो सोमबार नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाका सभापति चन्द्र शाह ,कमल ५ का वडा अध्यक्ष डम्बरबहादुर निरौला ,गाउँपालिका उपप्रमुख बेनु शिवाकोटी, वडा न ५ का अध्यक्ष डम्बरबहादुर निरौला तथा सामाजिक अभियन्ताहरुको उपस्थितिमा ती महिलालाई पालनपोषणका लागि आश्रम पु‍र्याईएको रेडक्रस उपशाखा सचिव पारषमणि राईले वताएका छन् । उद्दार कार्यमा सहयोगी हात नेपालका अध्यक्ष छवि बाँस्कोटा ,वरिष्ठ उपाध्यक्ष रमा लिम्बु ,सचिव रमेश अधिकारी ,सगुन युवा क्लबका अध्यक्ष देवी आङदेम्बे ,कमल ६ का समाजसेवी व्यक्तित्व त्रिलोचन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।