थ्रेसर मेसिनले टाउको च्यापेर मृत्यु
कनकाइ । कनकाई नगरपालिका–२ सुरुङ्गा निवासी २४ बर्षीय विकास लिम्बूको चलिरहेको थ्रेसर मेसिनले टाउको च्यापेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिप्रका झापाका प्रवक्ता राकेश थापाका अनुसार कनकाई २ सुरुङ्गामा स्थानीय हरि कार्कीको गाइगोठमा च्याउँ रोप्नका लागि पराल काट्न थ्रेसर मेसिन चलिरहेको बेला थ्रेसरको अचानक नट बल्टु खुस्किएर थ्रेसर माथि बसिरहेका विकासको टाउको थ्रेसर मेसिनमा परेको बताइएको छ । पराल काट्नका लागि मे १ त ६४४७ नम्बरको ट्याक्टरमा थ्रेसर मेसिन जडान गरिएको थियो । अचानक मेसिनमा दिउँसो १ : ३० बजे टाउको च्यापिएर चालक लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।