झापामा आज थपिए ४ जना संक्रमित
भद्रपुर । झापामा आज समुदायकास्तरमा चार जनामा संक्रमण देखिएको छ । संक्रमित हुनेहरुमा कमल गाउँपालिकाका दुई पुरुष र दुई महिला रहेका छन् । वडा नं ३ र वडा नं ५ का एक–एक पुरुष र वडा नं ६ का दुई महिलामा संक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष मेनुका काफलेले बताइन् ।
वडा नं ३ मा मात्र समुदायमा संक्रमण देखिएकोमा वडा नं ५ र ६ मा पनि त्यो फैलिदै गएको उनले बताइन् । कमलमा हालसम्म २४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १९ जना समुदायका रहेका छन् । योसंगै झापामा संक्रमितको संख्या २७० पुगेको छ भने झापामा कोरोनाकै कारण मृत्यु हुनेको संख्या दूइ रहेको छ ।