झापामा आज थपिए १५ जना संक्रमित कमल गाउँपालिकामा समुदायमा कोरोना

भद्रपुर । झापास्थित कमल गाउँपालिकामा समुदायमा कोरोना संक्रमण फैलिन थालेको छ । आज झापामा कोरोना पोजेटिभ देखिएका १५ जना मध्ये ९ जना कमल गाउँपालिकाका २ महिला र ७ पुरुष रहेका छन् । नवैजना वडा न.३ का स्थानीय बासी रहेको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिए । यस अघि संक्रमण पुष्टि भएकाहरुको कन्ट्रयाक्ट टे«सिङ्गका क्रममा १३० जनाको स्वाब परीक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाले जनाएको छ । सोहि वडाका एक वृद्धमा पहिलो पटक समुदायमा स्तरमा कोरोना देखिएको थियो । मृगौला सम्वन्धि रोगका कारण थला परेका उनको उपचारकै क्रममा आज बिहान विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो वृद्धाको मृत्युसंगै झापामा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या दूइ भएको छ ।

झापामा आज संक्रमित हुने १५ जाना मध्ये, भद्रपुरका एक, मेचीनगरका ३, शिवसताक्षीका १, र हल्दिबारी गाउँपालिकाका एक रहेकाछन् । उनीहरु सवै भारतबाट आएका हुन ।