प्रजातन्त्र खोज्दै विश्वनाथ किन काँग्रेसमा गए त ? (भिडियो सहित)
भद्रपुर । राजनीतिमा पारिवारिक नाता राजदरवारसित जोडिएका भद्रपुरका चिया उद्यमी विश्वनाथ श्रेष्ठ प्रजातन्त्रको खोजी गर्दै जीवनको उत्तरार्धमा नेपाली काँग्रेसमा आइपुगेका छन् ।
मेची आमाका सुपुत्र श्रेष्ठ आमाको गर्भदेखि नै राजदरवार निकट भएर जन्मन पुगे । आफूमा बुद्धि र ज्ञान प्रवेश गरेदेखि नै प्रजातान्त्रिक शासन व्यवस्था चाहने श्रेष्ठले नाम नै प्रजातन्त्र बोकोको राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापना कालदेखि सदस्य भएर ३५ वर्ष राजनीतिमा व्यतित गरे तर यस अवधिमा दरवारिया झलक दिने हुकुमी शैली भनदा भिन्न अनुभव नपाएपछि उनले प्रजातन्त्र खोज्दै नेपाली काँग्रेसको चार तारा र रूखको छहारी समाएका हुन् ।
संविधानले समाजवाद उन्मुख राज्य व्यवस्थाको परिकल्पना गरेको छ तर राज्य सञ्चालनको जिम्मा पाएका शासक एकतन्त्रीय अधिनायकवादको साहारा लिएर बहुमतको दम्भमा नागरिकले देख्ने गरी शोषण, कमिशनतन्त्र, भ्रष्टाचार गरी लुट मच्चाइ रहेको अवस्थामा देश दौडिरहेको छ । लोकतन्त्रको इतिहाँस बोकेको काँग्रेस मात्र एउटा सशक्त फोरम हुने छ, जहाँ लोकतान्त्रिक विचारधारा भएका सवै गोलवन्ध भएर अधिनायकवादलाई परास्त गरी समाजवादी शासनका लागि राज्य व्यवस्था सञ्चालित हुने वातावरण बन्ने छ । यही सपना बोकेर श्रेष्ठले चारतारे झण्डा र रूखको छहारी रोजेका हुन् ।
महामारीले देश ठप्प छ । श्रमजीवि वर्ग बाँच्नका लागि राज्य गुहार्दा आवाज सुन्नु पर्ने सरकार कमिसन र पद सुरक्षाका लागि बैरो भएको छ । नेपाली नागरिक राज्यको उपेक्षामा परेका छन् । राष्ट्रवादको नारा फालेर जनमत बटुलेको कम्युनिस्ट सरकार तराइको हजारौं विगाह जमिन भारतले मिचेको विषयमा मौन छ । रोग र भोकले प्रताडित गरिब निमुखा अकालमा मर्दै छन् । राज्य कोषको करोडौं रकम अपचलन गर्नेहरूको तजविजमा राज्य चल्नु पर्ने बाध्यता छ ।
यी सवै शोषण र उत्पीडन फाल्न जीवनको उत्तरार्धमा श्रेष्ठले हिम्मत गरेर सयौं कार्यकर्ता सहित नेपाली काँग्रेस रोजेका छन् । आशा छ, भविश्यमा श्रेष्ठको सपना पूरा भई शु-सभ्य राजनीतिले सवल नेपाली समाज बन्ने सुनिश्चित हुने छ ।