सुशान्तलाई विष दिएर मारिएको हो

एजेन्सी

अभिनेता सुशान्त सिंह राजपूतको मामिलामा सिबिआईले अनुसन्धान गरिरहेको छ । सिबिआईले हालसम्म सुशान्तको घरमा काम गर्ने सबै मानिस र उनका पूर्व अकाउन्टेन्ट रजत मेवातीसँग सोधपुछ गरिसकेको छ । यसैबीच भाजपा नेता सुब्रमण्डम स्वामीले सुशान्तलाई विष खुवाएर मारिएको र हत्यार तथा उनीहरुको शैतानी मानसिकता बिस्तारै सार्वजनिक भएको दाबी गरेका छन् । उनका अनुसार विष सुशान्तको पेटमा नै घोलियोस् भनेर पोस्टमार्टम गर्न पनि जानीजानी ढिला गरिएको हो । यसमा जो जिम्मेवार छन्, उनीहरुको कठालो समात्ने बेला भइसकेको पनि उनले बताएका छन् ।

यसअघि सुब्रमण्यम स्वामीले सुशान्तको मृत्युलाई दुबई कनेक्सन बताएका थिए । सोमबार स्वामीले ट्वीट गरेर लेखेका थिए, जसरी एम्सका डाक्टरले सुनन्दा पुष्करको पेटमा वास्तविक विष पाएका थिए । त्यस्तो श्रीदेवी र सुशान्तको केसमा भएन । सुशान्तको मृत्यु भएको दिन दुबईकी ड्रग डिलर अयाशा खानसँग उनले भेटेका थिए, आखिर किन ?

यसअघि स्वामीले अर्र्को एक ट्वीट गर्दै रिया चक्रवर्तीमाथि निशाना साँधेका थिए । उनले भनेका थिए, ‘यदि रिया चक्रवर्तीले महेश भट्टसँग भएको कुराकानीसँग विरोधाभास हुन्छ भने वास्तविकतासम्म पुग्नका लागि उनलाई पक्राउ गरेर सोधपुछ गर्नेबाहेक अर्को विकल्प छैन । सुशान्त सिंहकोृ परिवारका सदस्यसमेत स्वामी ती मानिसहरुमा समावेश थिए जसले यो मामिलामा सिबिआई अनुसन्धानको माग गरेका थिए । यो मामिलामा सर्वोच्च अदालतको आदेशपछि अब सिबिआईले अनुसन्धान गरिरहेको छ । अहिलेसम्म सिबिआईले सुशान्तसँग नजिक भएका व्यक्ति र घरका सहयोगीसँग सोधपुछ गरेको छ । यद्यपि, अहिलेसम्म सुशान्तकी प्रेमिकासँग भने सोधपुछ गरिएको छैन ।