श्रम तथा रोजगार विभागमा पोखरेल

बिर्तामोड । बाह्रदशी गाउँपालिका – ३ राजगढ निवासी नगेन्द्र प्रसाद पोखरेल(नवीन) श्रम तथा रोजगार विभागको सदस्यमा चयन भएका छन् । नेपाली कांग्रेस झापाको मातहतमा रहने गरी विभागको सदस्यमा पोखरेललाई मनोनयन गरिएको नेपाली कांग्रेस झापाले जनाएको छ ।

पार्टीको सर्वाेपरी हितका लागि पोखरेलले गरेका कामको उच्च मूल्याङ्कन गर्दै जिम्वेवारी प्रदान गरिएको नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले बताए नेपाली कांग्रेस झापाको २०७५ फागुन २८ गते बसेको कार्यसमितिको बैठकले विभाग गठन गर्ने अधिकार प्रत्यायोजन गरेको र सोही बमोजिम पोखरेलाई श्रम तथा रोजगार विभागको सदस्यको जिम्वेवारी दिइएको बताइएको छ ।