कमल गाउँपालिकामा निषेधाज्ञा जारी

भद्रपुर । झापाको कमल गाउँपालिकामा कोरोना संक्रमण समुदायमा देखिएपछि भदौ १३ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । गाउँपालिकाले गरेका लकडाउनमा अवज्ञा बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले सोमबार एक सूचना जारी गर्दै निषेधाज्ञा जारी गरेको हो । जारी सूचनामा सबै वडाहरूमा निषेधाज्ञा लागु हुने उल्लेख छ । अत्यावश्यक बाहेकका कुनै पनि सेवा सञ्चालन गर्न पाइने छैन । यसभन्दा अघि आंशिक रुपमा निषेधाज्ञा जारी भएको थियो ।