देशभरिमा आज ७४३ नयाँ संक्रमित थपिए संक्रमितको मृत्युको संख्या १५७ पुगेको छ ।
काठमाण्डौ । देशभर सोमबार ४९७ पुरुष र २४६ जना महिला गरी थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १७७, ललितपुरमा ३३, भक्तपुरमा १४, इलाममा १, उदयपुरमा १, ओखलढुङगामा ३, खोटाङमा ४, झापामा ३, धनकुटामा २ जना संक्रमित भएका छन् ।
यसैगरि, मोरङका ३१, संखुवासभामा २, सुनसरीमा २३, धनुषमा ५, पर्सामा ३४, बारामा ९४, रौतहटमा ५, सप्तरीमा १५, सर्लाहीमा ८, सिरहामा १०, काभ्रेमा ५, चितवनमा ३२, दोलखामा १, धादिङमा २, मकवानपुरमा १८, रामेछापमा २, सिन्धुपाल्चोकमा ५, कास्कीमा २, गोर्खामा १, तनहुँमा ३, नवलपरासीमा १०, म्याग्दीमा १, बागलुङमा २, स्याङजामा १, अर्घाखाँचीमा १, कपिलवस्तुमा ९, गुल्मीमा ४, पाल्पामा २, वर्दियामा १, बाँकेमा ८, रुपन्देहीमा ६, रोल्पामा २, कालिकोटमा ३, जाजरकोटमा १९, रुकुममा १८, सुर्खेतमा ११, कञ्चनपुरका १९, कैलालीमा ७९, डढेलधुरामा ४, दार्चुलामा १, बाजुरामा १ तथा बैतडीमा ३ जना संक्रमित थपिएका हुन् ।
यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ पुगेको छ । यस्तै सोमबार कोरोना भाइरस संक्रमण निको भएर थप १७५ जना डिस्चार्ज भएका छन् । यससँगै डिस्चार्ज हुनेहरुको संख्या १८ हजार ८०० पुगेको छ । सोमबार १० हजार २३४ जनाको पीसीआर परिक्षण गरिएको छ । ११ हजार २७५ जना क्वारेन्टिनमा रहेका छन् ।
नेपालमा आज ८ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा।डा।जागेश्वर गौतमले थप ८ जना संक्रमितको मृत्यु भएको जानकारी दिए । उनका अनसार काठमाडौंकी ४८ वर्षकी महिला, रुपन्देहीका ६७ वर्षकी महिला र ३८, ५३, ५८ वर्षका पुरुष, पर्साकी ६० वर्षकी महिला, मोरङका ६५ वर्षका पुरुष र सुनसरीका ६८ वर्षका पुरुषको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमितको मृत्युको संख्या १५७ पुगेको छ ।