झापामा आज थपिए आठ जना कोरोना संक्रमित

भद्रपुर । आज जिल्ला प्रहरी कार्यालय झापाका एक महिला सुरक्षकर्मीसहित थप आठ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमा चार जना महिला र चार जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय झपाका अनुसार आज थपिएका संक्रमितहरु कमल गाँउपालिकाका दुई पुरुष र एक महिला गरि तीन जना, बिर्तामोड नगरपालिकाकी दुई महिला र गौरादह नगरपालिकाका दुई पुरुष रहेका छन् । योसँगै झापामा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ । झापामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार, झापाका ४८ वर्षीय पुरुषको मृत्यु भएको छ । झापामा कोरोना संक्रमण बाट ज्यान गुमाएको यो पहिलो घटना हो ।