झापामा आज १७ जना कोरोना संक्रमित थपिए

भद्रपुर । आज झापाका ८ जना सुरक्षाकर्मीसहित १७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ३ जना महिला र १४ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय झपाका अनुसार ८ जना सुरक्षाकर्मी, ७ जना विद्युुत प्राधिकरणका कर्मचारी, १ जना औषधी व्यवसायी र एकजना स्थानीय रहेका छन् । आज थपिएका सबै संक्रमित दमक नगरपालीकाका हुन् । योसँगै झापामा कोरोना संक्रमितको संख्या ४ सय ९९ पुगेको छ ।