नेपालमा आज ६८१ जना संक्रमित थपिए

काठमाडौँ । नेपालमा आज एक हजार ६८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २८ हजार ९३८ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ६८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा २१६ महिला र ४६५ पुरुष रहेका छन् । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ११८ रहेको छ । मन्त्रालयका अनुसार आजसम्म देशभर १३ हजार ५७१ जना क्‍वारेन्टिनमा रहेका छन् । देशभरका ३९ प्रयोगशालाबाट ११ हजार ५२२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२० जना संक्रमण मुक्त भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६१ दशमलव २ प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमणाट थप छ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२० पुगेको छ । कोरोना संक्रमितको संख्या पाँच सयभन्दा बढी भएका जिल्लाहरु मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौं रहेका छन् । प्रवक्ता गौतमका अनुसार मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरेर चार जिल्लामा कोरोना संक्रमण शून्यमा झरेको हो ।