आज झापामा १८ जना संक्रमित थपिए

भद्रपुर । झापामा बुधबार १८ जना कोरोना संक्रमित थपिएका छन् । दमक नगरपालिकाका १३ जना पुरुष संक्रमित भएका छन् भने कचनकबल गाउँपालिका, कमल गाउँपालिका र बिर्तामोड नगरपालिकामा एक एक जना पुरुष संक्रमित छन् । यसैगरी बाह्रदशी गाउँपालिकामा एक महिला र एक जना पुरुष संक्रमित छन् । आज थपिएका १८ जना सँगै झापामा कोरोना संक्रमितको संख्या ४ सय ७४ पुगेको छ ।