जनस्तरबाट स्थापना गरिएको पिसिआर ल्याबले सञ्चालन अनुमति पाएन
झापा । जनस्तरबाट झापाको कन्काई नगरपालिको सुरुङ्गास्थित कोटीहोमको समपर्ण भवनमा स्थापना गरिएको पिसिआर ल्याब नेपाल सरकार स्वास्थ्य मन्त्रालयले सञ्चालन अनुमति प्रदान नगर्दा अझै सञ्चालनमा आउन सकेको छैन । करिब एक करोड बढिको लगानीमा स्थापना गरेको पिसिआर ल्याब नीतिगत समस्याका कारण अझै संञ्चालनमा आउन नसकेको हो ।
पिसीआर ल्याव सञ्चालनका लागि आवश्यक सम्पूर्ण यन्त्र उपकरणहरु जडान गरिसकिएको भएपनि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले सञ्चालन अनुमति प्रदान नगर्दा जनस्तरबाट करोडौ रुपैया लागानी गरेर निर्माण गरिएको ल्याब तथा यन्त्र उपकरणहरु महिनौ अघिदेखि काम बिहीन बनेर थन्किएका छन् । कोटीहोममा स्थानीय समुदायस्तरबाट र देश बिदेशमा रहेका समाजसेबी दाताहरुको सहयोगमा निर्माण भएको उक्त ल्याबको प्रदेश एकका मुख्य मन्त्री शेरधन राईले करिब एक साता अघि स्थलगत अवलोकन गरि एक दुई दिन भित्रै सञ्चालनमा आउने आश्वसन दिएका थिए । तर त्यो आश्वासन, आश्वासनमै सीमित रह्यो । त्यस्तै सोमबार सो ल्याब परिसरको पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्थलगत अवलोकन गरेको अवसरमा स्वास्थ्यमन्त्री ढकाललाइ फोन गरी सो ल्यावलाइ संचालनको अनुमति प्रदान गर्न आग्रह गरेकाथिए । सो अवसरमा मन्त्री ढकालले पनि अनुमति दिने आश्वासन दिएकाछन् । मन्त्रीको उक्त आश्वासनलाइ झापालीले उत्सुकताकासाथ पर्खिरहेकाछन् ।
गत असार १० गतेदेखि नै पिसिआर परीक्षण गर्नेगरी ल्याब सञ्चालनमा ल्याईने तयारी भएको भएपनि त्यो सम्भव नभएपछि पुनः भदौ १० गतेबाट सञ्चालनमा आउने बताइएको छ । तर कहिलेबाट ल्याव औपचारिक रुपमा सञ्चालनमा आँउछ भन्ने विषय अझै अन्यौलमै रहेको छ ।