नेपालमा आज थपिए ६४१ जनामा कोरोना भाइरस संक्रमित

काठमाडौँ । नेपालमा आज थप ६४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार २६ हजार ६६० पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २२१ रहेको छ । मन्त्रालयका अनुसार आजसम्म देशभर १५ हजार २४३ जना क्‍वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा १२ हजार २४७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ३३५ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३४ जना संक्रमण मुक्त भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६५ प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमणाट थप दुई जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०४ पुगेको छ । जसमा ८१ जना पुरुष र २३ जना महिला रहेका छन् । अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने पाँच पुगेको छ। प्रवक्ता गौतमका अनुसार संखुवासभा, डोल्पा, मनाङ , मुस्ताङ र हुम्लामा कोरोना संक्रमण शून्यमा झरेको हो ।