काठमाण्डौको न्युरोडमा ताल्चै ताल्चा

काठमाण्डौ । काठमाण्डौको न्युरोडका एक जना व्यापारीमा कोरोना भाइरस संक्रमण देखिएपछि पसलहरू बन्द गरिएको छ । व्यापारीमा संक्रमण पुष्टि भएपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने न्युरोडको विशालबजारदेखि इन्द्रचोकसम्मका पसल बन्द गरिएको वडा कार्यालयले जनाएको छ । तस्विर : थाहाखवर