आइपिएलमा विश्वका क्रिकेट बोर्डले ३३ करोड पाउनेछन
एजेन्सी
आइपिएल क्रिकेट हुने तय भएसँगै योसँगे भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)को फाइदासँग मात्र जोडेर हेर्ने गर्छन् । तर, व्यक्तिगत रुपमा खेलाडीलाई ठूलो आम्दानी त हुन्छनै विदेशी खेलाडीमार्फत सम्बन्धित देशका क्रिकेट बोर्डले पनि आम्दानी गर्ने गरेका छन् । कोरोना कहरबीच यो पटक आइपिएल युएईमा हुने तय भएको छ । सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने प्रतियोगितामा विदेशी खेलाडीसँगै उनीहरुको बोर्डलाई पनि रकम दिइने गरेको छ । नियमअनुसार खेलाडीले पाउने रकमको १० प्रतिशत फ्रेन्चाइजले तथा १० प्रतिशत बिसिसिआईले सम्बन्धित बोर्डलाई खेलाडी दिए वापत रकम दिने गरेको छ ।
यस पटक भएको अक्सनमा कुल ६२ खेलाडी लिलामी भए । जसमा २९ विदेशी रहेका छन् । जसका लागि १७१.६ करोड रुपैयाँ खर्च गरिएको छ । जसमार्फत सम्बन्धित खेलाडीका लागि उक्त देशका क्रिकेट बोर्डले कुल ३३.६ करोड रुपैयाँ खेलाडीलाई रिलिज गरेबापत प्राप्त गर्ने छन् । अष्ट्रेलियाबाट आइपिएलका लागि कुल १३ खेलाडी अनुबन्धित भएका छन् । जसबाट अष्ट्रेलियाले १८.६ करोड प्राप्त गर्नेछ । जसमा तीव्र बलर प्याट कमिन्सले लिलामीमा सर्वाधिक महँगो मूल्य पाए । उनलाई कोलकताले २४.८ करोड नेपाली रुपैयाँमा खरिद गरेको छ । सबै १३ खेलाडीले कुल ९१.६ करोड कमाउँदा क्रिकेट अष्ट्रेलियालाई १८.६ करोड आम्दानी हुनेछ । त्यस्तै, इंग्ल्यान्डले सात खेलाडीमार्पmत ६ करोड कमाउने छ । वेस्ट इंडिज क्रिकेट बोर्डले ५.६ करोड कमाउँदा दक्षिण अफ्रिकी क्रिकेट बोर्डले ४.८ करोड कमाउने छ। श्रीलंका र न्युजिल्यान्डका समान एक खेलाडी लिलामी हुँदा उनीहरुले समान १०–१० लाख प्राप्त गर्ने छन् ।