रोग प्रतिरोधात्मक औषधी वितरण
शनिश्चरे । नेपाल विद्याथी संघ अर्जुनधारा नगर समितिको पहलमा नगरका विपन्न परिवारका लागि रोग प्रतिरोधात्मक औषधी वितरण गरिएको छ । नगरका ७, ९, ११ वडाका ५०० विपन्न परिवारका लागि रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गने औषधि वितरण गरिएको नगर संयोजक दिपेन धिमालले बताए । सो प्रतिरोधात्मक क्षमता अभिबृदि गने औषधि मारवाडी समाजले निःशुल्क उपलब्ध गराएको धिमालले जानकारी दिए । आगामी केही दिनमै नगरका ११ वटै वडामा सो औषधी वितरण गरिने जनाइएको छ ।