’मदन पुरस्कार’को सूचीमा सात किताब
काठमाण्डौं । मदन पुरस्कार गुठीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मनोनयनमा परेका ७ वटा पुस्तकको नाम सार्वजनिक गरेको छ । गुठीलाई प्राप्त भएका १५१ पुस्तकबाट उत्कृष्ट सात कृति छानिएको जनाएको छ । मनोनयन सूचीमा पर्न सफल कृतिहरूमा विमल निभाको ’जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ’धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ’परित्यक्ता’, शारदा शर्माको ’यात्रामा’, योगी धर्ममहारसको महारसनिघण्टु (१–३), ललित विष्टको ’मोहपथ’ र चन्द्रप्रकाश बानियाँको ’महारानी’ छन् ।
यी सात वटा कृतिमध्ये एकलाई २०७६ सालको मदन पुरस्कार प्रदान गरिनेछ । मदन पुरस्कारको राशी चार लाख रुपैयाँ छ ।