भद्रपुरमा आजबाट कोरोना पिसिआर परीक्षण सुरु

भद्रपुर । मेची अञ्चल अस्पताल भद्रपुरमा आजबाट कोरोना परीक्षण सुरु गरिएको छ । प्रतिनिधिसभा सदस्य पवित्रा निरौला र प्रदेश १ सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले शुभारम्भ गरेका हुन् । संघीय प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागितामा पीसीआर मेसिनको शुभारम्भ भएको हो ।

एक पटकमा ९६ जनासम्मको परीक्षण हुने पीसीआर मेसिनमा दैनिक ३ सय ६० देखि ४ सय सम्मको परीक्षण गर्न सकिने अस्पतालका मेडिकल सुपरिटेण्ड डा. पिताम्बर ठाकुरले बताए । उनले आज पहिलो दिने ६ जनाको नमूना परीक्षण गरेको बताए । उनले भने, यहाँ परीक्षण गरिएका नमूना विराटनगरमा पनि परीक्षण हुन्छ, नतिजा एउटै आएपछि यहीँ पुरै क्षमतामा परीक्षण हुन्छ ।