झापामा आज थपिए ४ जना संक्रमित

भद्रपुर । सशस्त्र प्रहरी पाथीभरा गण पाडाजुँगीका तीन जना जवानमा कोरोना संक्रमण देखिएको छ । झापामा आज देखिएका चार मध्ये तीन जना सशस्त्र प्रहरी र एक जना दमक वडा नम्बर ५ की महिला हुन् । उनी भारतबाट फर्किएर होम क्वारेन्टिनमा बसेकी थिइन् । संक्रमितलाई उपचारमा लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।

यस अघि सशस्त्र प्रहरी सीमा सुरक्षा बल काँकरभिट्टाका २० जवान संक्रमित भइसकेका छन् । बिहिवारका चारसहित झापामा संक्रमितको संख्या ३ सय ५५ पुगेको छ ।