झापाको भारतसँग सीमा जोडिएका नाकाहरुमा मौलायो तस्करी

भद्रपुर । झापाको भारतसँग सीमा जोडिएको नाकाहरुमा खटिएका दुबै तर्फका सुरक्षाकर्मी र बिचौलीया दलालहरुका लागि कोरोना संक्रमण आय आर्जनको दरिलो श्रोत बनको रहस्य खुल्न आएको छ । नाम नखुलाउने सर्तमा सूत्रका अनुसार र स्वयम् भुक्तभागीले यो रहस्य खोलेकाहुन् । उनीहरुका अनुसार प्रति ब्यक्ति रु एक हजारका दरले रकम लिएर नाका क्षेत्र बाट नेपाल बाट भारत र भारत बाट नेपालतर्फ मानिस छिराईन्छ । यो प्रक्रिया झापाको काकरभिट्टा नाका बाट सवेभन्दा बढी हुने गरेको उनीहरुको भनाइ छ ।

स्वयम् एक भुक्तभोगीले बताए अनुसार, दुवैतर्फका बिचौलीया दलालहरुले भारत बाट नेपाल आउने र नेपालबाट भारतजाने ब्यक्तिहरुको समुह तयार पार्छन र नाकामा खटिएका सुरक्षा निकायसंग समय र बार निश्चित गरेर खवर गर्ने गर्दछन । निर्धारन गरिएको समय साधरनत रातको एक देहि २ बजेभित्र हुनेगरेको उनले बताए ।

यसैगरी नाका लक डाउनको यो समयमा बिभिन्न सामग्री वार पार गर्ने तस्करी गतिविधि पनि मौलाएको छ । यसरी अनाधाकृत रुपमा मौलाएको तस्करी गतिबिधिले हद् नाघेपछि, सुरक्षाका सम्बन्धित उच्च निकायबाट सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट झापामा कार्यरत दुई जना इन्स्पेक्टरलाई स्थान्तरण गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीका डिआइजी वंशीराज दाहालको निर्देशनमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट केचनाका इन्स्पेक्टर लोकबहादुर तामाङ र बोर्डर आउट पोस्ट पृथ्वीनगरका इन्स्पेक्टर कमल थानीलाई मङ्गलवार त्यहाँबाट तानिएको हो । यसले नाका क्षेत्रमा तस्करी कार्यले सीमा नाघीसकेको तथ्य पुष्टि गरेको छ ।

इन्स्पेक्टर तामाङलाई सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी पठाइएको छ, भने इन्स्पेक्टर थानीलाई सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापामा तानिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । ‘तस्करी गतिविधिमा संलग्न र सङ्गठनको विपरीत काम गरेको भन्दै दुवै इन्स्पेक्टरलाई डिआइजी दाहालको आदेशमा तानिएको हो,’ प्रहरी स्रोतले भन्यो ।’ दुवै इन्स्पेक्टरलाई तानेपछि केचनामा इन्स्पेक्टर सियाराम चौधरी र पृथ्वीनगरमा इन्स्पेक्टर चेतन बाराकोटीलाई जिम्मेवारी दिएर पठाइएको छ । भर्खरै सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीका डिआइजी भएर आएका दाहालले मङ्गलवार जिल्लाका गण तथा विओपीहरुको स्थलगत अनुगमन गरेका थिए । अनुगमनको क्रममै उनीहरूलाई त्यहाँबाट तानिएको जनाइएको छ । भद्रुर लगायत दक्षिणी झापासहित पूर्वी नाका काँकडभिट्टा सीमा नाकाहरुबाट कोरोना त्रासको बाबजुद सीमा नाकामा खटिएका सुरक्षा निकायको संलग्नतामा, पछिल्लो समयमा तस्करी गतिविधि मौलाएकोे स्थानीयको दाबी छ ।